नियन्त्रित लागूऔषधसहित पक्राउ
२०८०-१२-०४
- A
- A-
- A+
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र नाइट्राभेट १ हजार ५० ट्याब्लेटसहित पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ग.१ ख ९६१९ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न म्याग्दी मालिका गाउँपालिका-१ घर भई कास्की पोखरा महानगरपालिका-१४ बस्ने २३ वर्षीय एबिन पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका-१० अमरसिंह चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।