अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
२०८०-१२-०७
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१० आर्दशनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बहराईच थाना रूपैडिया बस्ने १९ वर्षीय समिर साह र दाङ तुल्सिपुर उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय बिर बहादुर विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।