हत्या गरेको अभियोगमा पक्राउ
२०८०-१२-०८
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय सनम भन्ने गंगा राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय कमान सिंह राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कमानको घरमा बुधबार राति गई सुतेका गंगालाई पुरानो रिसिविको कारण कमानले सुतिरहेको अवस्थामा फलामको खन्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पृथ्वीनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।