प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खुन डाँका र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८-०८-२२

  • A
  • A-
  • A+
Share

सप्तरी, खुन डाँका र कर्तव्य ज्यान गरी २ वटा मुद्दाका फरार प्रतिवादी सुरुङगा नगरपालिका-१० थलाहा बस्ने ६० वर्षीय गुल्जार मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

साविक टिकुलिया गाबिस-७ घर भएका सप्तरी साविक कुसहा गाबिस-६ बस्ने ३५ वर्षीय मोहमद सकिल हुसेनले कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका सप्तरीका मोहमद आलम मियाँलाई छुटाई दिन्छु भनी उनकी आमा कैली खातुनबाट ३ लाख रुपैयाँ लिई २०६९ असोज १० गते सोही मुद्दा सम्बन्धमा सल्लाह गर्न काठमाडौं जानु पर्छ भनि कैलीका श्रीमान सहबुद मियाँ र बुहारी सगिरा खातुनलाई लगेकोमा सोही मितिदेखि हराएका उनीहरुको २०७२ जेठ ६ गते साविक कल्याणपुर गाबिस- ८ स्थित मो. सकिल हुसेन मियाँको कुखुरा फारममा कर्तव्य गरी मारी खाल्डोमा पुरेको अवस्थामा दुवै जनाको शव फेला परेको थियो । 

साथै कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका धिरेन्द्र साहलाई छुटाई दिन्छु भनि उनकी श्रीमती दुलारी देबी साहलाई जग्गा बिक्री गराई ६ लाख रुपैयाँ तयार पारी मो.सकिल हुसेन मियाँले २०७० मंसिर महिनाको पहिलो हप्तातिर धिरेन्द्र साहलाई कारागारमा भेटघाट गर्न दुलारी देबी साहलाई साथमा लिई गएकोमा सोही समयदेखि निज दुलारी साह हराई वेपत्ता भएकोमा २०७२ बैशाख २७ गते सप्तरी साबिक जण्डौल गाबिस-८ स्थित चुरे जंगलको फेदी कुलो कल्भर्टमा दुलारी देवीको शव फेला परेको थियो । 

दुवै घटनामा संलग्न रही फरार गुल्जार मियाँलाई सिरहा सखुवनन्कारकट्टी गाउँपालिका-१ महेशवारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।