अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८०-१२-११
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित खाजा घरबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलोसहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-८ काभ्रे बस्ने ५४ वर्षीय तेज बहादुर थिङ र सोही नगरपालिका-११ घर भई हेटौंडा उपमहानगरपालिका-२ डेरा गरी बस्ने ४३ वर्षीय शरण लामा रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगर समेतबाट खटिएको प्रहरीले उक्त खाजा घरमा बसिरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १८ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने १९ वर्षीय ईश्वर न्यौपानेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बासँगढी नगरपालिका-३ बस्ने १९ वर्षीय खुम बहादुर शाही र बाँके जानकी गाउँपालिका-६ बस्ने ४० वर्षीय कैलाश भाट रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ १ ग्राम ४० मिलिग्रामसहित सोही नगरपालिका-१ खैरापुर बस्ने २० वर्षीय गणेश वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुर समेतबाट खटिएको प्रहरीले भारतको लौकाहीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-३ पन्ध्र बिगाहाबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित सोही ठाउँ बस्ने ४० वर्षीय बिर बहादुर थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी ड्राईभरटोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।