अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-२२
- A
- A-
- A+
बाँके, नेपालगञ्ज उपमहानगरपालिका-१२ रंगशाला अगाडिबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित सोही उपमहानगरपालिका-१८ कारकादो बस्ने कृष्ण घर्ती क्षेत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा कृष्णको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।