प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुक एवम् बारूदसहित ४ जना पक्राउ

२०८०-१२-१३

  • A
  • A-
  • A+
Share

पाल्पा, रैनादेबी छहरा गाउँपालिका-७ पहेलाघाटबाट १ थान भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने छर्रा र बारूद सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ ईटीया बस्ने ५६ वर्षीय बिनोद थापा, रूपन्देही सैनामैना नगरपालिका-५ बस्ने ३१ वर्षीय सन्तोश राना, रुपन्देही सैनामैना नगरपालिका-१० बस्ने ४१ वर्षीय सुकई थारू र रैनादेबी छहरा गाउँपालिका-७ धावा बस्ने २४ वर्षीय बुद्द बहादुर भन्ने रमेश कुमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले रमेश कुमाललाई उनकै घरबाट १ थान भरूवा बन्दुक तथा रैनादेबी छहरा गाउँपालिका-७ पहेलाघाटबाट बिनोद, सन्तोश र सुकईलाई बन्दुक छर्रा र बारूदसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।