स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
२०८०-१२-१७
- A
- A-
- A+
महोत्तरी, मटिहानी नगरपालिका-७ बसपार्कबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार ८ सय ४० रूपैयाँसहित धनुषा जनकपुर उपमहानगरपालिका-२५ लोहना बस्ने ६४ वर्षीय महम्द वसिरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।