प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित २० जना पक्राउ

२०८०-१२-२०

  • A
  • A-
  • A+
Share

भक्तपुर, चाँगुनारायण नगरपालिका-५ त्रिशुलडाँडास्थित सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय रेल कुमार तामाङको रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक तामाङ समेत २० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार