भरुवा बन्दुक सहित पक्राउ
२०७८-०८-२४
- A
- A-
- A+
पर्वत, कुश्मा नगरपालिका-१२ ठुलीपोखरी बस्ने २७ वर्षीय हरि कुँवरलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित ऐकोरे जंगलमा कालिज मार्नको लागि अबैध रुपमा बन्दुक लिई गएको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।