अवैध लागूऔषध गाँजासहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ
२०८०-१२-२६
- A
- A-
- A+
काठमाडौं, सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेजबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सोही ठाउँ बस्ने २५ वर्षीय ललकु सदालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा सिरानचोक गाउँपालिका-२ बस्ने २४ वर्षीय विनोद गुरुङ र काठमाडौं बुढानिलकण्ड नगरपालिका-४ बस्ने २५ वर्षीय आशिष थापा रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
दोलखा, भिमेश्वर नगरपालिका-५ किरातिछापस्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय २२ ग्रामसहित बैतेश्वर गाउँपालिका-५ मैनापोखरी बस्ने २६ वर्षीय दिपक मिजारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किरातिछापबाट खटिएको प्रहरीले बा.५ ख ८०३१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।