अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
२०८०-१२-२७
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्धचोकबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्रामसहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका-८ बस्ने २४ वर्षीय सन्जु चौधरी, जोशीपुर गाउँपालिका-१ बस्ने २४ वर्षीय अम्मर दिप डगौरा र धनगढी उपमहानगरपालिका-७ बस्ने १७ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।