प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८१-०१-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-४ चप्पलकाराखाना चोक बस्ने ५१ वर्षीय बिनय मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा मगर समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय ३५ रुपैयाँ, जुवा खेल्न प्रयोग गरेको विभिन्न रंगको क्वाईन ७५ थान र  १ करोड ७३ लाख ७५ हजार रूपैयाँ बराबरको रकम उल्लेख गरी काटिएका चेक ३० थान सहित पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार