प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोलीसहित एक जना पक्राउ

२०८१-०१-०३

  • A
  • A-
  • A+
Share

भोजपुर, षडानन्द नगरपालिका-९ स्थित जंगलबाट पेस्तोल १ थान, गोली ११ राउण्ड, म्यागजिन १ थान, सुन जस्तो देखिने पहेलो धातुको गहना मारवाडी २ थान, सिक्री १ थान, वेरूवा औँठी १ थान र नगद ९ हजार ५० रूपैयाँसहित टेम्केमैयुम गाउँपालिका-१ घर बताउने ३७ वर्षीय सुमन परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

परियारले स्थानियलाई पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८२-०९-२७

कपिलवस्तु, कृष्णनगर नगरपालिका-१२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई एकनाले भरूवा बन्दुक १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । स्याङ्जा, विरूवा गाउँपालिका-६ लेवा बस्ने ७२ वर्षीय राम बहादुर सुनारलाई एकनाले भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरू सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।