प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८१-०१-०६

  • A
  • A-
  • A+
Share

काभ्रे, महाभारत गाउँपालिका-७ गैरी टोल बस्ने २५ वर्षीय प्रेम कुमार घलानलाई १ नाल भरूवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।  

प्रेमले आफ्नै श्रीमतीलाई मादक पदार्थ सेवन गरी भरूवा बन्दुक देखाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देबिटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोलसहित दुई जना पक्राउ
२०८१-०२-१२

सप्तरी, खडक नगरपालिका-८ भदियाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २  राउण्ड र म्यागजिन २ थानसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सुरूङगा नगरपालिका-६ श्रीपुर बस्ने ४५ वर्षीय बिशेश्वर प्रसाद साह र काठमाडौं टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स.६ प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।