अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-२५
- A
- A-
- A+
काठमाडौं,
सिन्धुली, कमलामाई नगरपालिका-९ चोरखोलास्थित सडकबाट सर्लाही ईश्वरपुर नगरपालिका-१२ बस्ने २० वर्षीय महेश मण्डललाई ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ६७७३ नम्बरको सुमोलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा सुमोमा सवार महेशलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, राक्सिराङ गाउँपालिका-३ कठारीस्थित सडकबाट करिब ४५ किलोग्राम अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित २ जनाले बोरामा बोकी ल्याउँदै गरेको उक्त गाँजा सोही ठाउँमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।