प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

२०८१-०१-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका-२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग गरेको नगद ८८ हजार रूपैयाँ , सिक्का ४६ थान, सेपर १ थान, लुडो ४ थान र सिमीको दाना सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित लाल बहादुर सिंहको कालीका रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका-१८ बस्ने ४५ वर्षीय आशिष कुमार खत्री समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ३ सय २९ रूपैयाँ र १३१ पत्ती ताससहित पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-८ ग्वार्कोस्थित सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय बिषु तामाङको नन स्टप डान्स बारमा कौडा खेलिरहेको अवस्थामा तामाङ समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३७ हजार ९ सय ६० रूपैयाँ र १९ पिस कौडासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८१-१२-१७

मोरङ, बेलबारी नगरपालिका-१० भाउन्ने चोक बस्ने ४५ वर्षीय सन्तोष याखाले आफ्नै घरमा संचालन गरेको प्रशान्त होटलभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय विष्णु कुमार दर्जी समेत ८ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ८० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । लमजुङ, बेसिशहर नगरपालिका-७ गैरीधारा बस्ने नन्द प्रसाद गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६२ वर्षीय रण बहादुर गुरूङ समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।