प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोलीसहित एक जना पक्राउ

२०८१-०१-१३

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१८ सराङकोट बस्ने ३८ वर्षीय नर बहादुर विकलाई मयाग्जिन नभएको पेस्तोल १ थान र गोली १ थानसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-२४ बाँस्कोटस्थित बन्दै गरेको घरमा पेस्तोल लुकाई छिपाई राखेको उक्त हतियार विकको भएको खुल्न आएपछि उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सोही महानगरपालिका-२४ पामेबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।