प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०८-२६

  • A
  • A-
  • A+
Share

स्याङजा, पुतलीबजार नगरपालिका-१० राङखोला बस्ने रोमा गुरूङको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर थापा समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ  गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ६ सय ९० रुपैयाँ र २ सय १३ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरु उपर जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । 


सम्बन्धित समाचार