बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-२६
- A
- A-
- A+
मोरङ, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-७ की ५० वर्षीया सुनिला याखालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत बिराटनगरको २०७८ बैशाख १६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ ३३ पैसा जरिवाना ठहर भई फरार रहेकी उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँ घरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा दाखिला गराई कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।