प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०१-१९

  • A
  • A-
  • A+
Share

पाल्पा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८१-०२-०३

 काठमाडौं, जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार रहेका २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी पिपरा गाउँपालिका-५ घर भई काठमाडौं कलंकी बस्ने २० वर्षीय सौरभ झा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भई काठमाडौं बाफल बस्ने २२ वर्षीय साजन अधिकारी रहेका छन् । काठमाडौं कलंकीस्थित लोमस गेष्ट हाउसमा २०८० भदौ २९ गते पीडितलाई पटक पटक जबरजस्ती करणी गरी फरार रहेका उनीहरूमध्ये सौरभलाई काठमाडौं बाफल र साजनलाई काठमाडौं ठमेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ
२०८१-०१-२८

कास्की, पोखरा महानगरपालिका-१० अमरसिंहचोक स्थित खेलकुद मैदानमा पार्किङ गरी राखेको ग.१ ख ६५९५ नम्बरको बसभित्र महिलालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मादी गाउँपालिका-९ घर भई पोखरा महानगरपालिका-१० अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्र बहादुर थापा, मादी गाउँपालिका-१२ भगवतीटार बस्ने ३८ वर्षीय कृष्ण रानाभाट र २९ वर्षीय विनोद परियार रहेका छन् । उनीहरूले खाजा खान जाम भनी ललाई फकाई गरी उक्त बसभित्र लगि बियर समेत सेवन गर्न लगाई सामूहिक जबरजस्ती करणी गरेको अवस्थामा सिआरभी अमरसिंहचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत कास्कीबाट करणी सम्बन्धी कसूर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । लमजुङ, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यनेपाल नगरपालिका-७ चिसाङ्कु बस्ने ४६ वर्षीय नवराज घिमिरेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घिमिरेले ती किशोरीलाई सोही ठाउँस्थित भिरबारी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।