प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्णाली प्रदेशमा प्रभावकारी बन्दै यात्रु मैत्री अभियान

२०८१-०१-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ । २०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई 'सुरक्षित कर्णाली विशेष अभियान, २०८०' अन्तर्गत राखेर काम गर्दा थप प्रभावकारी बन्दै गएको हो । यसले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आइपर्ने समस्या र अप्ठेरा समाधान गरी यात्रुलाई सेवा दिन सकिने तथ्य पुष्टि गरेको छ ।

सवारी आवागमनलाई सहज र सुरक्षित बनाई दुर्घटना न्यूनीकरण गर्न थप प्रहरी परिचालन गरी अभियान संचालन गरिएको छ । अभियान शुरू भएदेखि २०८० चैत महिनासम्मको अवधिमा कर्णाली प्रदेशमा यात्रु मैत्री अभियान अन्तर्गत जम्मा ८ लाख १६ हजार ८ सय ४१ वटा सवारी साधन जाँच गरिएको छ । ती सवारीमा यात्रा गर्ने २९ लाख ९ हजार ९ सय ९४ जना नागरिक लाभान्वित भएका छन् । 

सार्वजनिक सवारी साधनमा यात्रुलाई सुरक्षित र मर्यादित रूपमा यात्रा गराउने वातावरण सिर्जना गर्न अभियान केन्द्रित रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “यात्रुलाई सुरक्षित र सहज तरिकाले गन्तव्य तय गराउने अवस्था सिर्जना गर्नका निमित्त अभियान संचालन गरिएको हो । यसले बिना झन्झट र नठगिइकन यात्रा गर्न पाइएको पृष्ठपोषण यात्रुहरूबाट आइरहेको छ । अभियानको उचित अनुगमन र मूल्याङ्कन गर्दै यसलाई अझ प्रभावकारी बनाउन केन्द्रबाट समेत निर्देशन एवम् उचित व्यवस्थापन गरिएको छ । यसले गर्दा समस्या परेमा, दुर्व्यवहार भएमा तत्काल प्रहरीले यात्रुलाई सहयोग पुर्‍याउँदछ ।”

धेरै सवारी साधन आवतजावत गर्ने ठाउँ र सडकमा सक्रिय रूपमा प्रहरी परिचालन गर्ने गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली भन्नुहुन्छ, “हामीले हरेक इलाकामा नजिकको प्रहरी कार्यालय र ट्राफिक प्रहरीको फोन नम्बर, हटलाइन नम्बर दिएका छौं । कुनै समस्या भए खबर गर्न अनुरोध गरेका छौं । गस्ती बढाएका छौं । खबर प्राप्त हुनासाथ तत्काल प्रहरी खटिएर गई आवश्यक कारवाही गर्ने गरिएको छ । सवारीसँग सम्बन्धित सरोकारवाला निकाय, सवारी धनी तथा सवारी चालक एवम् सहचालकसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको छ ।” सडक सुरक्षाको लागि स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी पर्याप्त मात्रामा रोड ईन्जिनियरिङ र रोड फर्निचर समेतको व्यवस्थापन गर्न योजनावद्ध ढंगले काम गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक ओलीको भनाइ छ । 

अभियान नागरिकमैत्री छ । प्रविधिको प्रयोगलाई विशेष जोड दिइएको छ । जसले तथ्यगत सूचना संकलन गर्न तत्काल उचित निर्णय गर्न सघाउँछ । सुरक्षित यात्राका लागि समस्या भए समाधानका लागि ट्राफिक प्रहरीले विभिन्न चेक प्वाइन्टमा यात्रुको अवस्था बारे जानकारी लिने गरेको छ । अभियान सफल पार्न, प्रहरीले आफ्नो सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन विभिन्न रणनीति तय गरी काम गरिरहेको छ । यसका लागि भौतिक पूर्वाधार र साधन स्रोत सुधार एवम् थप गर्न पहल गरिएको प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालको भनाइ छ । 


सम्बन्धित समाचार
दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-०२

प्युठान, मल्लरानी गाउँपालिका-३ वरबोटस्थित भानुभक्त माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन, किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक नबिन शाहले लागूऔषधको परिचय, प्रकार, असर, दुर्व्यसनमा लाग्नुको कारण, यसबाट बच्ने उपाय, लागूऔषध नियन्त्रणमा शिक्षक, विद्यार्थी र प्रहरीको भूमिका तथा कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

दुर्व्यसन, हिंसा र विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१-०२-०२

प्युठान, मल्लरानी गाउँपालिका-५ कुमिकोटस्थित वडा कार्यालयको सभाहलमा ‘लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा तथा जातिय विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा मल्लरानी गाउँपालिका प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानको तर्फबाट लैंगिक हिंसाको परिभाषा, लैंगिक हिंसा हुनुको कारण, यसको प्रकार, रोकथाम, लागूऔषधको परिचय, प्रकार, असर, बच्ने उपाय, दुर्व्यसनका चरणहरू र कानूनी प्रावधान बारेमा प्रस्तुतीकरण गर्दै लागूऔषधको सम्बन्धमा सचेतनामूलक भिडियो प्रस्तुत गरिएको थियो । सो अवसरमा जातिय विभेदको सम्बन्धमा सचेतनामूलक भिडियो प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ प्युठानका सदस्य लोकेन्द्र सुनारले जातिय छुवाछुत, भेदभावको पृष्ठभूमि, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी विद्यमान कानूनी व्यवस्था र सजाय, बाल विवाहको परिभाषा, असर, बाल विवाह रोकथामको उपाय, यसको कानूनी प्रावधान, प्युठान जिल्लामा बाल विवाहको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  मल्लरानी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सोही गाउँपालिकाका कर्मचारीहरू एवम् स्थानीय भद्रभलाद्‍मीको सहभागिता रहेको थियो । 

दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-३१

प्युठान, माण्डवी गाउँपालिका-२ मार्कवाङस्थित सुन्नानो आधार माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन र किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्दै गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक नबिन शाहले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय, लागूऔषध नियन्त्रणमा शिक्षक, विद्यार्थी र प्रहरीको भूमिका र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

दुर्व्यसन, हिंसा र विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१-०१-२८

प्युठान, मल्लरानी गाउँपालिका-२ कुडारास्थित वडा कार्यालयको सभाहलमा ‘लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा तथा जातिय विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा  मल्लरानी गाउँपालिका प्युठानले कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लिंग र लैंगिकको भिन्नता, लैंगिक हिंसाको परिभाषा, लैंगिक हिंसा हुनुको कारण, यसको प्रकार, रोकथाम, हिंसा भएमा उजुरी गर्ने तरिकाको बारेमा प्रस्तुतीकरण गर्दै हिंसा र अपराधबाट बच्न अपनाउनु पर्ने सचेतना सम्बन्धी विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ प्युठानका सदस्य लोकेन्द्र सुनारले प्युठान जिल्लामा रहेका दलितहरूको तथ्याङ्क, जातिय छुवाछुत तथा भेदभावको पृष्ठभूमि, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी विद्यमान कानूनी व्यवस्था र सजाय, बाल विवाहको परिभाषा, असर, बाल विवाह रोकथामको उपाय, यसको कानूनी प्रावधान, प्युठान जिल्लामा बाल विवाहको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा लागूऔषध र जातिय विभेद सम्बन्धी जनचेतनामुलक भिडियो समेत प्रस्तुत गरिएको थियो । मल्लरानी गाउँपालिकाका कार्यवाहक वडाअध्यक्ष गणेश बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सोही गाउँपालिकाका कर्मचारीहरू एवम् स्थानीय भद्रभलाद्‍मीको सहभागिता रहेको थियो । 

दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-२८

प्युठान, नौबहिनी गाउँपालिका-६ लिङबहानेस्थित गंगा माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन र किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक कृष्ण राना मगरले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गंगा माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-२७

प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानको आयोजनामा ‘लागूऔषध दुर्व्यसन, किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ ऐरावती गाउँपालिका-२ स्थित मोति माध्यामिक विद्यालयमा बुधबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो ।