प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८१-०१-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-१४ लामपटी बस्ने आनन्द श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट घर भएका ४० वर्षीय किरण राना मगर समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ३ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार