प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार र जंगली जनावरको मासुसहित चार जना पक्राउ

२०८१-०१-२४

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, विभिन्न हातहतियार र जंगली जनावर मृगको जस्तो देखिने मासु करिब ३० किलोसहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-१ जितपुर बस्ने ७३ वर्षीय धन बहादुर सेन, सोही नगरपालिका-१ बुङची बस्ने असिम खाण,  सोही नगरपालिका-२ बस्ने ४१ वर्षीय दुर्गा बहादुर शाही र रूपन्देही बुटवल उपमहानगरपालिका-११ मिलनचोक बस्ने ५४ वर्षीय चित्र मल्ल रहेका छन् । 

असिम खाणको घरको बरान्डामा जंगली जनावरको मासु काटी भाग लगाउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको जनावरको मासुसहित पक्राउ गरेको हो । उक्त स्थानबाट बा.१३ च ८१८४ नम्बरको कार, लु.५१ प ५२६१ नम्बरको मोटरसाइकल  र १६ राउण्ड टोटा समेत प्रहरीले बरामद गरेको छ । 

साथै थप अनुसन्धानको क्रममा धन बहादुर सेनको घर तलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुबै बन्दुकमा लाग्ने टोटा २० थान,  २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली थान ३ समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।