प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा दुई जना पक्राउ

२०८१-०१-२७

  • A
  • A-
  • A+
Share

धनुषा, मिथिला नगरपालिका-११ बाहुनमारा बस्ने दिनेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ५९ वर्षीय अर्जुन गोले र सर्लाही हरिवन नगरपालिका-५ बस्ने ५६ वर्षीय सुकमान पाख्रिन रहेका छन् ।  

प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १८ हजार रूपैयाँसहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८१-१२-१७

मोरङ, बेलबारी नगरपालिका-१० भाउन्ने चोक बस्ने ४५ वर्षीय सन्तोष याखाले आफ्नै घरमा संचालन गरेको प्रशान्त होटलभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय विष्णु कुमार दर्जी समेत ८ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ८० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । लमजुङ, बेसिशहर नगरपालिका-७ गैरीधारा बस्ने नन्द प्रसाद गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६२ वर्षीय रण बहादुर गुरूङ समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।