प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध रूपमा ल्याएको सुन सहित पक्राउ

२०८१-०१-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, अवैध रूपमा ल्याएको सुन समेतका सामानसहित सुनसरी रामधुनी नगरपालिका-७ घर भएका काठमाडौं कुमारीगाल नयाँ बस्ती बस्ने ३२ वर्षीय जीवन बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

कतारबाट अवैध रूपमा सुन ल्याएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिहीबार सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने विजय कुमार लिम्बुलाई ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको गहना सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा जीवन बस्नेतको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत काठमाडौं गौशलाबाट प्रहरीले पक्राउ गरेको हो ।

सुन जस्तो देखिने पहेंलो धातु ५० ग्राम, आईफोन ४ थान, नगद १ लाख ६० हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ । कतारबाट ५० ग्राम सुन ल्याईदिए वापत १६ हजार रूपैयाँ रकम दिने गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिई सम्बन्धित व्यक्तिसम्म पुर्‍याइदिए वापत ५ हजार रूपैयाँ दिने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।    

  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गौचरणमा पठाइएको छ ।  


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।