प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सहकारी संस्था ठगी सम्बन्धी कसूरमा आठ जना पक्राउ

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पोखरा गैह्रापाटन बस्ने संस्थाका पूर्व अध्यक्ष ६६ वर्षीय निदेश प्रसाद कोइराला, पोखरा चाउथे बस्ने संस्थाका अध्यक्ष ४३ वर्षीय शंकर कार्की, पोखरा रानीपौवा बस्ने सहकारी व्यवस्थापक ३६ वर्षीया निरू थापा केसी, पोखरा अर्चले बस्ने कर्मचारी प्रमुख ३७ वर्षीय सुरेन्द्र मणी पौडेल, पोखरा आर्वा घर भएका कानुनी सल्लाहकार ५३ वर्षीय ईन्द्र प्रसाद बराल, पोखरा शिशुवा बस्ने पूर्व कोषाध्यक्ष ५२ वर्षीय कुलदिप भट्टराई, पोखरा शिशुवा बस्ने कर्जा अधिकृत ३० वर्षीय सुनिल थापा र पोखरा नयाँबजार बस्ने शेयर सदस्य एवम् सल्लाहकार ६९ वर्षीय मान बहादुर गुरूङ रहेका छन् । 

उक्त सहकारी संस्थाका संचालक समितिका पदाधिकारीहरू समेतले कुल बिगो १ अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ४२ रूपैयाँ ८५ पैसा रकम अपचलन तथा हिनामिना गरेको भन्ने सहकारी रजिष्ट्रारको कार्यालय पोखराबाट प्राप्त उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।