मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७८-०८-२९
- A
- A-
- A+
मोरङ, मोटरसाइकल चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका-११ डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका-३ घर भएका २८ वर्षीय उमेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरस्थित कोशी अस्पताल परिसरमा पर्किङ गरी राखेको को.२५ प ५०२४ नम्बरको मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा भारतको जोगवनीतर्फ लाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उक्त मोटरसाइकल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।