प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१-०२-०८

  • A
  • A-
  • A+
Share

रौतहट, संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गौर नगरपालिका-५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

मिश्र समेतले गौर नगरपालिका-३ बस्ने २७ वर्षीय रोहित कुमार जैसवाललाई २०७८ पुस २० गते साँझ फिरौती रकम माग गर्ने उद्देश्यले झुक्काई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई हत्या गरी शवलाई जुटको बोरामा हाली नन्दवारा पुल मुनि फालेको घटनामा संलग्न मिश्रलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका-१ स्थित नेपाल भारतको बोर्डर भन्सार नजिकबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत रौतहटमा पठाइएकोमा अदालतको आदेशले पुर्पक्षको लागि गौर कारागारमा पठाइएको  छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।