अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ
२०८१-०२-०९
- A
- A-
- A+
धनकुटा, सहिदभूमि गाउँपालिका-६ सुकेआलबाट अवैध लागूऔषध गाँज करिब २ किलोग्रामसहित सोही गाउँपालिका-५ पात्ले बस्ने २१ वर्षीय संन्देश राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।