प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०९-०१

  • A
  • A-
  • A+
Share

पर्सा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-१६ नगवाटोल बस्ने १९ वर्षीय नितेश कुमार महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महतोले ती किशोरीलाई १ महिनादेखि बारम्बार फोन गरी मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई मंसिर २३ गते कलेज पढन जाने क्रममा बहुदरमाई नगरपालिका-४ टोल डकैलास्थित आफ्नो दिदीको घर कोठामा लगि मंसिर २६ गतेसम्म पटक-पटक करणी गरेको भन्ने जाहेरी दर्खास्त प्राप्त हुनासाथ खटिएको प्रहरीले महतोलाई वीरगञ्ज महानगरपालिका-१६ नगवाबाट पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्वत, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका-८ चित्रे बस्ने २१ वर्षीया जितेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितेन्द्रले ती महिलाको घरमा कोही नभएको अवस्थामा प्रवेश गरी बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।