प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोलसहित दुई जना पक्राउ

२०८१-०२-१२

  • A
  • A-
  • A+
Share

सप्तरी, खडक नगरपालिका-८ भदियाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २  राउण्ड र म्यागजिन २ थानसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुरूङगा नगरपालिका-६ श्रीपुर बस्ने ४५ वर्षीय बिशेश्वर प्रसाद साह र काठमाडौं टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स.६ प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।