नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८१-०२-१४
- A
- A-
- A+
तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ३० ट्याब्लेटसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङ्ली बस्ने ४२ वर्षीय सन्जिव थापा र तनहुँ बन्दिपुर गाउँपालिका-१ गुरूङटार बस्ने ३६ वर्षीय सुवास सुनार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग.२१ प ९८१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।