प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८१-०२-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, टोखा नगरपालिका-३ धनेश्वरस्थित कविता घलेको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-६ घर भई हाल काठमाडौं टोखा नगरपालिका-९ गोंगबु बस्ने ३२ वर्षीय गणेश छन्त्याल समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार ५ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
२०८१-०६-२२

कैलाली, धनगढी उपमहानगरपालिका-१३ श्रिलंकास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा बैतडी सुर्नया गाउँपालिका-२ बस्ने ३४ वर्षीय करन बिष्ट समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८९ हजार ९ सय २० रूपैयाँ, २ वटा मोटरसाइकल र ६ गड्डी तास  सहित पक्राउ गरेको हो ।  लमजुङ, बेसिशहर नगरपालिका-७ पुरानो बैंक चोक बस्ने खजिन्द्र गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बेसिशहर नगरपालिका-८ बस्ने ३३ वर्षीय अक्सर अलिख मिया समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ८ सय ८० रूपैया सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-७ कालापानीस्थित मान सिंह ठगुन्नाको धामी कटेजमा जुवातास खेलिरहेको अवस्थामा शुक्लाफाँटा नगरपालिका-७ बस्ने २४ वर्षीय बिपिन सिंह समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ४ सय ६० रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
२०८१-०६-१९

दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ कोठरी बस्ने चेतनारायण धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने ३० वर्षीय अनिल नेपाली समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५ सय ८५ रूपैयाँ, २ बुक र कौडा १६ थान सहित पक्राउ गरेको हो । कैलाली, जानकी गाउँपालिका-२ बढरिया बस्ने धन बहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय जगत साउद समेत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ७ सय ५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । तनहुँ, म्याग्दे गाउँपालिका-३ पसले घुमाउने चौतारास्थित कृया पुत्री भवनको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय जित बहादुर दर्लामी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ५ सय २५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ
२०८१-०६-१८

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ छाप्रेटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ३२ वर्षीय रूदिप ठकुरी समेत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ । कैलाली, लम्कीचुहा नगरपालिका-२ मोतिपुर बस्ने २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय धनन्जय खनाल समेत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय ३० रूपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो । तनहुँ, म्याग्दे गाउँपालिका-७ बिजयथुम बगैचास्थित चौतारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-७ बस्ने ५८ वर्षीय कृष्ण चन्द्र थापा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१५ बस्ने दिल कुमार खवासको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१८ बस्ने ३२ वर्षीय किसन घिमिरे समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ३ सय १५ रूपैयाँ, १३ बुक तास र मोबाइल ४ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८१-०६-१७

कञ्चनपुर, भिमदत्त नगरपालिका-१४ बनकट्टीस्थित अमर सिंह कुँवरको कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ४ सय ७० रूपैयाँ र १ बुक सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँबसपार्कस्थित ४० वर्षीय बोधधन रोकाको कुमारी होटलमा जुवातास खेलिरहेको अवस्थामा रोका समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ४ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ
२०८१-०६-१६

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएका ४२ वर्षीय राम शरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका-६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङ समेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका-२ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।