अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०९-०२
- A
- A-
- A+
पर्सा, अपहरण मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका-८ बस्ने ६५ वर्षीय बिनोद साह कानुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको २०६७ माघ २५ गते तथा पुनरावेदन अदालत हेटौंडाको २०६९ चैत १४ गतेको फैसलाले अपहरण मुद्दामा ९ वर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१६ नगवाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।