प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८१-०२-१८

  • A
  • A-
  • A+
Share

बर्दिया, बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ६ सय ८५  रूपैयाँ, ३४ बुक तास र ६५ वटा कौडासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार