प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०८१-०२-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-६ बौद्ध महांकाल डेरा गरी बस्ने ओखलढुङगा मुलुङ गाउँपालिका-७ घर भएका ४५ वर्षीय मान बहादुर सुनुवारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 



सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८१-०३-२०

तनहुँ, ब्यास नगरपालिका-५ ठुलोघुम्ती बस्ने ४३ वर्षीय याम बहादुर कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा  याम बहादुर समेत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद २५ हजार ९ सय ९५ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने पर्वत मोदी गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुर्य भारतीको कोठामा जुवातास खेलिरहेको अवस्थामा भारती समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
२०८१-०३-१७

झापा, कमल गाउँपालिका-५ वरगाछी बस्ने ४४ वर्षीय कमल सुव्वाको घरमा जुवातास खेलिरहेको अवस्थामा कमलसमेत १२ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-८ आनन्द मार्ग बस्ने ४९ वर्षीया अमिता शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा अमिता समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ७ सय ६० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।