नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ
२०८१-०२-२१
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-१५ पिण्डेश्वरी चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो २७ ट्याब्लेट र ट्रामानिल २७ क्याप्सुलसहित धरान उपमहानगरपालिका-१५ देउरालीपथ बस्ने २४ वर्षीय सुरज देवानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।