प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित तीन जना पक्राउ

२०८१-०२-२४

  • A
  • A-
  • A+
Share

दाङ, राप्ती गाउँपालिका-२ कटेजनालाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्रामसहित सोही गाउँपालिका-१ बस्ने ३२ वर्षीय नबाफ सरिक समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

सिरहा, सिरहा नगरपालिका-१२ सारश्‍वरको कमलाबाधबाट कल्याणपुर नगरपालिका-१० करुणयाही टोल बस्ने २२ वर्षीय शम्भु पासवानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम र सोहीठाउँ बस्ने १९ वर्षीय अबि कुमार पासवानलाई अवैध लागूऔषध गाँजा ५ ग्राम १ सय ७० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश २-०१-००२ प २३९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०१-०६

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३ ग्राम ४ सय मिलिग्राम सहित जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने २२ वर्षीय प्रवेश सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम १ सय ३० मिलिग्राम सहित पाँचथर कुम्मायक गाउँपालिका-३ बस्ने २८ वर्षीय अइन्द्र विक्रम खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ३४३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-५ बस्ने २७ वर्षीय पञ्चम ताजपुरिया र २६ वर्षीय अर्जुन हजाम रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ४० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१४ बस्ने ३९ वर्षीय रमेश परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले प्र.१-०२-०५१ प १८३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित पाचँथर फिदिम नगरपालिका-२ बस्ने २२ वर्षीय सरोज अधिकारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ६०२७ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २१ ग्राम ९ सय १० मिलिग्राम सहित ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने ४२ वर्षीय सरोज खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ६८०३ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, तिलोत्तमा नगरपालिका-८ चार नम्बर साइकल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका-११ मद्रानी रामटोल बस्ने २६ वर्षीय राज कुमार खौसीयालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, रामधुनी नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय आशिष कुमार सरदार र ३० वर्षीय कृष्ण चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१८ पिपलडाली बस्ने पर्वत घर भएका ३८ वर्षीय गोपाल पुन मगरलाई नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, फेनारागन १७ एम्पुल र नुर्फिन १७ एम्पुल सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१८ एफ गाउँबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ सय ५ ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय सूर्य बहादुर सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८२-०१-०५

कपिलवस्तु, वाणगंगा नगरपालिका-४ दरखास्तबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरीया नगरपालिका-५ बस्ने ३१ वर्षीय विशाल गुप्ता र भारत उत्तर प्रदेश बराईज घर भएका ३२ वर्षीय अमित पटवाल रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.१२ प १७८७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  सुनसरी, कोशी गाउँपालिका-१ पुरीटोल र भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४ ग्राम ५७ मिलिग्राम सहित रामधुनी नगरपालिका-५ झुम्का बस्ने २० वर्षीय करण चौधरी समेत ११ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ वानडाँडास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बु रहेका छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पर्सा, जिराभवानी गाउँपालिका-६ नौका चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८ सय ८६ ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय दिलिप प्रसाद राम र २२ वर्षीय राज बिद्या प्रसाद खाँ थारू रहेका छन् । इलाका प्रहरी कार्यालय सेढवा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट  खटिएको प्रहरीले ना.१२ प २१०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-९ बस्ने २३ वर्षीय टेक बहादुर पुन र २३ वर्षीय अमित सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय अभिषेक शाह र कैलारी गाउँपालिका-७ बस्ने ४२ वर्षीय श्याम बहादुर चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ८९४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ३ सय ६५ किलोग्राम गाँजा सहित चार जना पक्राउ
२०८२-०१-०५

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५ किलोग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन र कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय जिवन ठोकर रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख २५०४ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा १९ वटा पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजन, ट्रकमा सवार ईश्वर र ओसार पसारमा संलग्न जिवनलाई ना. ३३ प ७४६९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । यसैगरी बारा, पचरौता नगरपालिका-१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम सहित भारत बिहार प्रान्त मोतिहारी पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८२-०१-०५

झापा, कचनकवल गाउँपालिका-६ बनियानि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २८ वर्षीय कासिम मियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले बिआर ३७ एई ६४५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्‍चिम पाल्हीनन्दन गाउँपालिका-४ बस्ने २८ वर्षीय अंकित कुमार निगम बानिया र बाजुरा त्रिवेणी नगरपालिका-८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले लु.प.प्र.०१-००१ प ९२७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ
२०८२-०१-०४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ किलो २ सय ग्राम सहित श्रीलंकन नागरिक ६१ वर्षीय MOHAMED SALEEM MOHAMED RUMOZ लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रीलंकन एयरको उडानद्वारा काठमाडौं हुँदै श्रीलंका जान लागेका उनलाई डिपार्चर होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।बारा, प्रसौनी गाउँपालिका-४ खुटवा बस्ने ३१ वर्षीय पवन कुमार साहलाई अवैध लागूऔषध गाँजा २ किलो १ सय ग्राम र नगद २७ हजार ४ सय ३० रूपैयाँ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।