प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८१-०२-२७

  • A
  • A-
  • A+
Share

बर्दिया, गुलरिया नगरपालिका-२ स्थित हिना राइस मिल पछाडि सगुनको रुखहरूको बिचमा जुवातास खेलिरहेको अवस्थामा राजापुर नगरपालिका-६ बस्ने ५२ वर्षीय धुबु देवकोटा समेत ७ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३१ हजार २ सय ५ रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार