प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०७८-०९-०२

  • A
  • A-
  • A+
Share

झापा, दमक नगरपालिका-२ बस्ने २५ वर्षीय तेज प्रकाश पराजुलीको हत्या गरेको अभियोगमा सोही नगरपालिका-१ बस्ने २० वर्षीय अर्जुन लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

दमक नगरपालिका-६ नमुना मार्गस्थित सोही नगरपालिका-८ बने सन्तोष पौडेलको रक्षा फेन्सी पसलमा काम गर्ने तेज प्रकाश सोही मार्केटको भवनभित्र रहेको धारामा पानी लिएर पसलतर्फ फर्कने क्रममा घाँटी तथा अनुहारको भागमा धारिलो हतियारले काटी बेहोस भएको अवस्थामा फेला पारी उपचारको लागि लाईफ लाइन अस्पताल दमक हुँदै थप उपचारका लागि बिएण्डसि अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । 

अर्जुन र तेज प्रकाशबिच २/३ महिना अगाडि झै-झगडा हुँदा अभियुक्तलाई कुटपिट गरी टाउकोको भागमा चोट समेत लागेको घटनापश्चात रिसईबि राखी बदलाको भावना लिई अर्जुनले धारिलो हतियार प्रहार गरेको अनुसन्धानबाट खुल्न आएपश्चात अर्जुनलाई घटनामा प्रयोग भएको धारिलो हतियार १ थान दाउ सहित प्रहरीले पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।