प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित चार जना पक्राउ

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१३ कसेरीबाट अवैध लागूऔषध गाँजा ३ सय ७५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महागनगरपालिका-१३ संगम टोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका-१३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपाली रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई खप्टिनालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित भारत उत्तर प्रदेश पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्रामसहित मनहरी गाउँपालिका-२ बस्ने ३० वर्षीय दिनेश गोङबालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३२ प २५९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०८१-०७-२७

बर्दिया, गुलरिया नगरपालिका-११ सडकलालपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय निजामुद्दिन खाँ लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ कटानस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय घनश्याम उराउ र सोही नगरपालिका-१९ बागफाँटा बस्ने १८ वर्षीया किशोरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले भिमदत्त नगरपालिका-१८ कटान डेरा गरी बस्ने १८ वर्षीया किशोरी समेत ३ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८१-०७-२६

लमजुङ, बेसीशहर नगरपालिका-७ भुपु सैनिक स्कुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ३ सय ५३ क्याप्सुल र नगद ३५ हजार ४ सय ३० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेसीशहर नगरपालिका-७ सातबिसे बस्ने २७ वर्षीय उमेश गुरूङ र मर्स्याङदी गाउँपालिका-८ सिमलचौर बस्ने २६ वर्षीय खोम बहादुर गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-१७ मटेर्वा चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-११ पिचरा बस्ने ३७ वर्षीय राजेन्द्र पोख्रेल र सोही महानगरपालिका-१० तीनटोलिया बस्ने ४२ वर्षीय कुशल थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३-०२-००६ प ३०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका-६ गछीया बस्ने ३२ वर्षीय युवराज खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित सेउती पुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामानिल २ सय क्याप्सुल र स्पास्पेन २ सय ट्याब्लेट सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ बस्ने २४ वर्षीय मौषम लिम्बु, २३ वर्षीया सृजना राई र २५ वर्षीया निशा श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले को.३४  प ३३९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगपालिका-९ डेरा गरी बस्ने सिराहा घर भएका २३ वर्षीय अंकित कुमार सिंहको कोठाबाट नियन्त्रित लागूऔषध ट्रामानिल ९ हजार ३ सय क्याप्सुल र स्पास्पेन ६ हजार ६ सय २६ ट्याब्लेट फेला पारी अंकित, धरान उपमहानगरपालिका-८ बस्ने २० वर्षीय साइमन राई र २३ वर्षीय सागर श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । यसैगरी सुनसरी, धरान उपमहानगपालिका-३ स्थित लालीगुराँस होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ बगरकोट बस्ने २४ वर्षीय रवि भन्ने राम श्रेष्ठ र सोही उपमहानगरपालिका-१६ गणेशमानचोक बस्ने २२ वर्षीया मेलिना राई रहेका छन् । वडा प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, इश्वरपुर नगरपालिका-१२ स्थित फुलजोर-डोमखोरिया सडकखण्डको जंगल एरियाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रहम्पुरी गाउँपालिका-५ बस्ने २२ वर्षीय अबिनाश कापर र २७ वर्षीय बिक्रम कापर रहेका छन् । इलाका प्रहरी कार्यालय केशरगंज र अस्थायी प्रहरी पोष्ट कालिनजोर घारिबथानबाट खटिएको प्रहरीले बिआर ३० एजी ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यसैगरी सर्लाही, बरहथवा नगरपालिका-१६ गंगापुरबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरीहरपुर गढी गाउँपालिका-८ पांचतले बस्ने  २९ वर्षीय वाङ दोर्जे थिङ र हरीवन नगरपालिका-४ तीनघरे बस्ने ३० वर्षीय सागर लामा रहेका छन् । इलाका प्रहरी कार्यालय मुर्तियाबाट खटिएको प्रहरीले बा.प्र.०२-०२१ प २४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार २ सय एम्पुल, फेनारगन १ हजार १ सय ८५ एम्पुल र नुर्फिन १ हजार  १ सय ९५ एम्पुल सहित सोही महानगरपालिका-२५ बस्ने २३ वर्षीय राज महम्द देवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६६६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब एक सय किलोग्राम गाँजा सहित एक जना पक्राउ
२०८१-०७-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित काभ्रे धुलिखेल नगरपालिका-१२ शंखु ओखरकोट बस्ने २९ वर्षीय किरण वाग्लेलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा खाली क्रेटहरूको बिचमा लुकाई छिपाई ल्याएको ११ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक वाग्लेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०७-२५

कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१३ बस्ने १९ वर्षीय निरज राना र २१ वर्षीय सुनिल राना रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.७ प ६३५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर नजिकै सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोशन खड्का समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.५ प ४१२६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको   छ ।    झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-८ केर्खा टोल बस्ने भारत सिक्किम प्रान्त वतन भएका २१ वर्षीय बिक्रम क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ बडुवाल टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ २ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ बस्ने ३० वर्षीय प्रकाश चन्द र  सोही नगरपालिका-४ बस्ने २४ वर्षीय सुरज नाथ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ मनकामना टोल बस्ने २९ वर्षीय विवेक चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम र नगद २० हजार ९ सय रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८१-०७-२४

  नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, फेनरागन ३० एम्पुल र आईपिपिएल ३० एम्पुल सहित तनहुँ व्यास नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट चितवनतर्फ जाँदै गरेको लु.२ ख २६२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४३ एम्पुल, फेनारगन ४४ एम्पुल र बुप्रेनोर्फिन ४४ एम्पुल सहित लमजुङ बेशिसहर नगरपालिका-७ बस्ने २७ वर्षीय कैलाश खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको क.प्र.०२-००१ ख ०२१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।