अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
२०८१-०२-२८
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१५ तीन नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३८ मिलिग्रामसहित सुनसरी बराहक्षेत्र नगरपालिका-५ बस्ने २४ वर्षीय विबेक राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।