प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बेचबिखन गर्ने उद्देश्यले नाबालिकालाई भारततर्फ लैजान खोज्ने दुई जना पक्राउ

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, झुक्यानमा पारी बेचबिखन गर्ने उद्देश्यले एक नाबालिकालाई भारततर्फ लैजान खोजेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्‍वर नगरपालिका-७ बस्ने ३९ वर्षीय सम्बर बहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-२ बस्ने ३३ वर्षीया इन्दिरा कटुवाल (तामाङ) रहेका छन् । 

नाबालिकालाई बेचबिखन गर्ने उद्देश्यले काठमाडौंबाट मकवानपुर हुँदै भारततर्फ लैजान काठमाडौं फुटुङबाट ललितपुरको सुनाकोठी पुर्‍याएको भन्ने सूचनाको आधारमा मानब बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त चापागाउँसँगको समन्वयमा ललितपुर सुनाकोठीबाट पीडितको उद्दार गरी सम्बर बहादुरलाई शनिबार पक्राउ गरेको थियो । साथै उक्त घटनामा संलग्न इन्दिरालाई आइतबार काठमाडौं टोखा नगरपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो ।  

उनीहरूले पीडितलाई होटलमा वेट्रेसको काममा २० हजार रूपैयाँ तलब दिने र पछि तलब बढाउँदै लैजाने प्रलोभन देखाएको, कोही कसैले सोधेमा आफ्नो वास्तविक नाम, थर, ठेगाना नबताउनु व्यक्तिगत परिचय खुल्ने कागजात देखाउनु परेमा अर्कै ब्यक्तिको नागरिकता प्रयोग गर्नु भनी सिकाई ललितपुर सुनाकोठीसम्म पुर्‍याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउमध्ये सम्बर बहादुर यस अघि पनि मानब बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी १० वर्ष कैद सजाय भुक्तान गरी २०८० वैशाखमा थुनामुक्त भएको खुल्न आएको छ । 

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न गेस्ट हाउस संचालक पक्राउ
२०८१-१२-०६

काठमाडौं,  बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका संचालक गोरखा पालुङटार नगरपालिका- ६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट २ जना बालिकाहरूको उद्दार गरी सुरक्षित आवासको लागि सेल्टरहोममा पठाएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इराक पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
२०८१-१२-०४

काठमाडौं, घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा नुवाकोट तारकेश्वर  गाउँपालिका-५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हिरा तामाङ समेतले इराकमा घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई दुवई हुँदै इराकमा पुर्‍याई विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ
२०८१-११-०३

पर्सा, मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने ४५ वर्षीय गिनीलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर-६ बस्ने ४० वर्षीय जय प्रकाश साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१५ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्याबृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना महिलाको उद्धार समेत गरेको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।  

बालक अपहरण गरी बन्धक बनाउने व्यक्ति पक्राउ
२०८१-१०-२७

काठमाडौं, बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने भियतनाम चाईवाङ सिटी घर भएका भियतनामी नागरिक Mai Hoang Kinh Laun लाई प्रहरीले पक्राउ गरेको छ ।  ललितपुर पाटनबाट ४ वर्षीय बालक बिहीबार राति देखि हराएको भनी पीडितको आमाले उजुरी दिएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित इलाम मेची गेष्ट हाउसको कोठा नम्बर १०७ मा बालकलाई अपहरण गरी बन्धक बनाई राखेको अवस्थामा फेला पारी अपहरण कार्यमा संलग्न रहेका Mai Hoang Kinh Laun लाई पक्राउ गरेको हो ।   साथै प्रहरीले उनको साथबाट भियतनामी मुद्रा २० हजार, मोबाइल ३ थान, ल्यापटप १ थान, नक्कली भारतीय आधारकार्ड २ थान, बसको टिकट १ थान र चक्कु १ थान समेत बरामद गरेको छ ।   उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

मानव बेचबिखनमा संलग्न चार जना पक्राउ
२०८१-१०-१९

पर्सा, मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार राज्य छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया-११ बस्ने ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका-२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राती चौधरी, ओखलढुंगा घर भएका ३३ वर्षीय दिपेश राई र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ बस्ने ३८ वर्षीया मिरा कुमारी महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका-१६ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्याबृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले २ जना महिलाको उद्धार समेत गरेको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
२०८१-१०-१०

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बर्दिया बढैयाताल गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने बिनौद पौडेल पक्राउ परेका छन् । एनसिबि अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।