विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०९-०३
- A
- A-
- A+
झापा, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिका-४ घर भएका ४२ वर्षीय बिष्णु प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत इलाम इजलासको २०६६ असार ३० गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बर्दिया, बहुबिबाह मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका-५ बस्ने मेहदी हसन धोबीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दिया गुलरियाको २०६९ फागुन ३० गतेको फैसलाले बहुबिबाह मुद्दामा १ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-७ बाट पक्राउ गरेको हो ।