प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न देशहरूमा पठाई दिन्छु भन्दै करिब १५ करोड रूपैयाँ ठगी गर्ने तीन जना पक्राउ

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३ सय जना भन्दा बढी मानिसहरूबाट करिब १५ करोड रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ घर भई हाल काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीय राज कुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका-८ घर भई पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २२ वर्षीय नविन विक र कास्की पोखरा महानगरपालिका-८ घर भई चितवन भरतपुर महानगरपालिका-८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् । 

फेसबुक, म्यासेन्जर, ह्‍वाट्सएप लगायतका सामाजिक संजालमा फेक आइडि प्रयोग गरी वैदेशिक रोजगारीमा कम्बोडिया,  न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिने भनि आकर्षक तलब, भत्ता सहितको विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

घर, व्यापार, व्यवसायको कारोबार गर्ने कार्यालयमा मासिक ३० देखि ४० हजार रूपैयाँसम्म तलब हुने एकाउन्टेन्टको जागिर दिएका व्यक्तिहरूको बैंक खातामा विदेश जान सम्पर्कमा आएका मानिसहरूबाट रकम जम्मा गर्न लगाई उक्त रकमहरू चेकबाट निकाल्न लगाई राज कुमार लगायतलाई भेटेर नगदै तथा विभिन्न खाताहरूमा ट्रान्जेक्सन गर्न लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूले भिसा प्रोसेसिङ भइरहेको भन्दै भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका फेक कागजातहरू देखाई टिकट र डलर साट्ने भन्दै प्रति व्यक्ति ५ लाख देखि १० लाखका दरले रकम उठाएर सम्पर्क बिहिन हुने गरेको र विगत ३/४ वर्ष देखि हालसम्म १५ करोड भन्दा बढी रकम ठगी गरेको खुल्न आएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।