अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ
२०८१-०२-३०
- A
- A-
- A+
सर्लाही, चक्रघट्टा गाउँपालिका-५ लखन्देवी खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो ९८ ग्रामसहित सोही गाउँपालिका-१ बस्ने ७० वर्षीय मनिराम रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।