प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०७८-०९-०३

  • A
  • A-
  • A+
Share

लमजुङ, 

बेसीशहर नगरपालिका-८ नारानथान बस्ने सुरेश श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३९ वर्षीय बिनोद थापा सहित ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १८ हजार रुपैयाँ र १६ वटा कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार