प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

२०८१-०२-३२

  • A
  • A-
  • A+
Share

काठमाडौं, ३२ जेठ गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण माईतीनेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहरामा जुवा (कौडा) खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रूपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार