अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-०३-०१
- A
- A-
- A+
काठमाडौं, ३२ जेठ
पर्सा, वीरगंज महानगरपालिका-१५ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ सय २ ग्रामसहित भारत मोतिहारी ग्राम लालाछापरा-१ बस्ने २५ वर्षीय महमद नेजामुदीनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले बाराबाट वीरगंजतर्फ जाँदै गरेको बिआर ०५ एवाई १३४६ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक महमदलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ८० मिलिग्रामसहित इलाम चुलाचुली गाउँपालिका-३ बस्ने ३० वर्षीय बिनोद ढुंगेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीटंकीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय सन्जित रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, कैलाली गोदावरी नगरपालिका-३ चौकिडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम र माटोजस्तो देखिेने धुलो पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका-६ मझगैई बस्ने २५ वर्षीय आषिस चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मोरङ, सुनवर्षी नगरपालिका-९ डाईनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार अररिया, पोखरिया पञ्चायत-३ बस्ने १९ वर्षीय राहुल राजा र मोरङ सुनबर्षी नगरपालिका-९ बस्ने २४ वर्षीय आदर्श दास रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-११ बानडाँडा बस्ने २२ वर्षीया आयुषा राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित भारत बहराईच बस्ने १८/१८ वर्षीय २ जना किशोरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट संयक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-४ अनुपम टोल डेरा गरी बस्ने सोही महानगरपालिका-१० घर भएका २७ वर्षीय बाबु भन्ने सुशील लामालाई उनकै डेराकोठाबाट अवैध लागूऔषध गाँजा १२ किलोसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ नयाँबस्तीस्थित सडकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पर्दाथ ४ ग्राम ८ सय मिलिग्रामसहित बाँसगढी नगरपालिका-९ माछगढ बस्ने २२ वर्षीय खडक बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।